भारतीय प्रधानमन्त्री मोदी ब्राजिल प्रस्थान
मङ्गलबार, २६ कात्तिक २०७६, २२ : ५४
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिलमा आयोजना हुने ११औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
ब्रिक्स समूहमा विश्वका ठूला अर्थतन्त्र भएका पाँच देश संलग्न छन् जसमा भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका रहेका छन् । यी देशले विश्वको कूल जनसंख्याको करिब ४२ प्रतिशत, विश्वको कूल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत तथा विश्व व्यापारको करिब १७ प्रतिशत हिस्सा ओगटेका छन् ।
दुई दिने ब्रिक्स शिखर बैठकको मुख्य नारा समुन्नत भविष्यका लागि आर्थिक वृद्धि राखिएको छ ।
प्रधानमन्त्री मोदीका साथ भारतीय उद्यमी व्यवसायीको ठूलो समूह पनि सहभागी हुँदैछ । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण