भारतीय प्रधानमन्त्री मोदी ब्राजिल प्रस्थान
मङ्गलबार, २६ कात्तिक २०७६, २२ : ५४

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिलमा आयोजना हुने ११औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
ब्रिक्स समूहमा विश्वका ठूला अर्थतन्त्र भएका पाँच देश संलग्न छन् जसमा भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका रहेका छन् । यी देशले विश्वको कूल जनसंख्याको करिब ४२ प्रतिशत, विश्वको कूल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत तथा विश्व व्यापारको करिब १७ प्रतिशत हिस्सा ओगटेका छन् ।
दुई दिने ब्रिक्स शिखर बैठकको मुख्य नारा समुन्नत भविष्यका लागि आर्थिक वृद्धि राखिएको छ ।
प्रधानमन्त्री मोदीका साथ भारतीय उद्यमी व्यवसायीको ठूलो समूह पनि सहभागी हुँदैछ । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता