गर्भवती भएपछि मात्रै जुहि चावलाले विवाहबारे खुलाएकी थिइन्
जुही चावला ९० को दशककी चर्चित नायिका थिइन् । शाहरुख खानँग उनको अनस्क्रिन जोडी निकै शानदार थियो । जुहीको जन्म सन् १९६७ को नोभेम्बर १३ तारिखमा पञ्जाबमा भएको थियो । जुही चावलाका बुवा पञ्जाबी थिए भने आमा गुजराती बोल्ने महिला थिइन् । स्कूलको पढाई पूरा गरेपछि उनको परिवार मुम्बई शिफ्ट भएको थियो । जुहीको जन्मदिनमा उनको व्यक्तिगत र व्यावसायिक जीवनबारे केही जानकारी लिऔं ।
मुम्बईमा जुही चावलाले मिस इन्डिया प्रतिस्पर्धामा भाग लिइन् र सन् १९८४ को ‘मिस इन्डिया’ बनिन् । जुही चावलाले सन् १९८६ को फिल्म ‘सल्तनत’ मा ‘जरिना’ को भूमिकाबाट बलिउडमा डेब्यू गरिन् । यद्यपि, फिल्म बक्स अफिसमा फ्लप रह्यो ।
सन् १९८८ मा जुहीले करियरको पहिलो हिट हिन्दी फिल्म ‘कयामत से कयामत तक’ मा काम गरिन् जसमा उनीसँग अभिनेता आमिार खानले काम गरे । यो फिल्म व्यावसायिक रुपमा हिट रह्यो । यो फिल्मका लागि जुहीले ‘बेस्ट डेब्यूटेन्ट फिमेल’ को अवार्ड पनि हात पारिन् ।
नीजि जीवनबारे कुरा गर्ने हो भने जुहीको अफेयरको चर्चा नायक आमिर खानसँग पनि गरिएको थियो । तर आमिरको एक मजाकका कारण दुईबीच कुरा अघि बढ्न सकेन । त्यसपछि जुहीको जीवनमा एक ठूलो उद्योगपती जय मेहताको इन्ट्रि भयो ।
जय त्यतिबेला विवाहित थिए । तर एक दुर्घटनामा उनको पहिलो श्रीमती सुजाता बिरलाको मृत्यु भयो । त्यसपछि सन् १९९५ मा जुही र जय मेहताले विवाह गरे । जुही आफ्ना श्रीमानभन्दा सात वर्ष कान्छी छिन् । जुहीले करियरका कारण करिब दुई वर्षसम्म आफ्नो विवाहको खबर लुकाएर राखिन् । तर गर्भवती भएपछि उनले यसबारे खुलासा गरिन् ।
जुही चावलाका दुई सन्तान छन् । उनकी छोरी जान्ह्वी र छोरा अर्जुन लाइमलाइटबाट टाढै रहन्छन् । सोसल मिडियामा पनि उनीहरुको सक्रियता निकै कम देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण