मलेसिया पुगेको दुई महिनामै मृत्यु
बेझाड । वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना अघिमात्रै पुगेका थिए ।
मलेसिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताइन् । बयम्बुको उपचारका लागि परिवारबाट रु एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरे ।
काठमाडौंको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताएकी छिन् । पारिवारको लालनपालन, घरायसी गुजारा चलाउन रोजगारका निम्ति मिठो सपना बोकेर बयम्बु मलेशिया पुगेका थिए । उनको परिवारमा बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण