नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
मङ्गलबार, ३० असार २०८३, २१ : ०६
सारांश
- काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
- शेर्पालाई ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको हो।
- उनी शरणार्थी प्रकरणका आरोपितहरूलाई सघाएको अभियोगमा दोषी पाइएका हुन्।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पालाई ४ वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार शेर्पालाई ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत सजाय स्वरूप ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
शरणार्थी प्रकरणका आरोपितहरूलाई सघाएको अभियोगमा उनी दोषी ठहरिएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण