मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय

मङ्गलबार, ३० असार २०८३, २१ : ०८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच जना प्रतिवादीलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
  • न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी उद्योग लगायतका कसुरमा नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गर्दै न्यूनतम सजाय तोकेको हो।
  • यस प्रकरणमा अदालतले कुल १६ जनालाई दोषी ठहर गर्दै विभिन्न समयको कैद र जरिवाना सुनाएको छ।

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पाँच जना प्रतिवादीलाई जनही एक वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै यो प्रकरणमा संलग्न देखिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

अदालतको फैसलाअनुसार उनीहरूलाई ठगी उद्योग लगायतका कसुरमा दोषी ठहर गर्दै यो न्यूनतम सजाय तोकिएको हो। 

यसअघि नै पुर्पक्षका लागि थुनामा रहेकाहरूको हकमा उनीहरूले जेलमा बिताइसकेको समय यसै सजायमा कट्टा हुनेछ। यो बहुचर्चित प्रकरणमा अदालतले कुल १६ जनालाई दोषी ठहर गर्दै विभिन्न समयको कैद र जरिवाना सुनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप