राजधानीमा सामाचकेवाको रौनक
काठमाडौं । तराई क्षेत्रमा थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् ।
यसैक्रममा राजधानीमा बसोबास गर्दै आएका थारु समुदायले पनि धुमधामका साथ सामाचकेवा पर्व मनाएका छन् ।
राजधानीको माइतीघरमा भेला भएका थारु समूदायले यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने पर्छन् । उनीहरुसँगै तराइमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाएका छन् ।
सबै जातजातिहरुको आ–आफ्नै किसिमका परम्परा र संस्कृतिहरु छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुहरुको पनि आफ्नो अलगै किसिमको परम्परा र संस्कृतिहरु रहेको छ। जसमा ‘समा चकेवा’ पनि एक हो। यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्म मनाउने परम्परा रहिआएको छ।
यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनिहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन्।
यो परम्परा बिशुद्ध सामाजिक र परिवारिक जमधटको रुपमा रहेको छ।यो परम्परालाई भाई–बहिनी, श्रीमान्श्री–मती, आमा–वुवा र छोरा–छोरीको विचको आत्मियता सहितको स्नेहपूर्ण पारिवारिक सम्बन्ध मजबुत बनाउने परम्पराको रुपमा पनि लिने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण