सबै काम एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न निर्माण व्यवसायीको माग
काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले खानेपानी, ढल, विद्युतको पोल र सडक निर्माणको काम एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न सरकारसँग माग गरेको छ ।
महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको खानेपानी, ढल, विद्युतको पोलको निर्माण कार्य एकसाथ नहुँदा काठमाडौंको सडकको निर्माण कार्य दीगो हुन नसकेको पनि स्पष्ट पारेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले खानेपानी, ढल र विद्युतको पोलका कारण सडक निर्माणको काम दीगो हुन नसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेन्डर आह्वान प्रक्रिया सुरु गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको पनि स्पष्ट पारे । उनले खानेपानीको पाईप र ढलको गुणस्तर नहुदा सडकमा पीच गर्न समस्या हुने गरेको पनि पटकपटक दोहो¥याए ।
महासंघले सार्वजनिक खरिद नियमावली तत्काल संशोधन गरी निर्माण व्यवसायमैत्री बनाउन पनि सरकारलाई दवाव दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण