एक वडाका लागि १३ जनाको उम्मेदवारी
सिरहा– आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको लागि सिरहामा एकमात्र वडाका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । सिरहा कल्याणपुर नगरपालिका १२ बेलहामा हुने उप–निर्वाचनका लागि राजनीतिक दलबाट ८, स्वतन्त्र ५ सहित १३ जनाले उम्मेवारी दिएका हुन् । १३ जनामा एक जना पनि महिला उम्मेद्वार छैनन् ।
वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट राजकुमार मुखिया, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का दिलिपकुमार यादव, राष्ट्रिय जनता पार्टीबाट प्रदिपकुमार महतो, समाजवादी पार्टीवाट विशोरी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मो.बसिर राईन, राप्रपा संयुक्तबाट मो.अतावुल राईनले उम्मेवारी दिएका छन् ।
त्यस्तै चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मो.अताउल राइनलाई उम्मेद्वार बनाएको छ भने नेपाल लोकतान्त्रिक पार्टीले राजलाल सदायलाई उम्मेवार बनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कल्याणपुर– १२ का वडाध्यक्ष रामदेव यादवको १८ वैशाख ०७५ मा मृत्यु भएपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । ०७४ को स्थानीय तह निर्वाचनमा यादवले ६ सय २२ मत प्राप्त गरेका थिए । उनको प्रतिद्वन्द्वी राजपाका उम्मेवार रहेका थिए ।
१४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा तिलासी बेलहामा सात सय ४९ र विष्णुचरण आधारभूत विद्यालय बेलहा (क), (ख) र (ग) मा दुई हजार सात सय एक गरी कूल तीनहजार चार सय ५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर– १२ मा एक सय ८० मतदाता थपिएका छन् । जसमध्ये १ हजार ७ सय पुरुष र १६८३ महिला रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण