ट्रम्पले भने, ‘भारतको फोहोर अमेरिकामा आइरहेको छ’
बिहीबार, २८ कात्तिक २०७६, १० : ४९
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः प्रदुषणका लागि भारतलाई निशानामा पारेका छन् । भारतका विभिन्न इलाकामा एयर क्वालिटी इन्डेक्स खतरनाक स्तरमा पुगेको छ र राष्ट्रपति ट्रम्पले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको बताएका छन् ।
इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको फोहोर लस एन्जेलिससम्म पुगिरहेको छ । तपाईंलाई थाहै छ कि यहाँ समस्या छ । तुलनात्मक रुपमा हामीसँग जमिनको सानो टुक्रा छ । यदि तपाईं चीन, रुस र भारतजस्ता अन्य देशसँग तुलना गर्नुहुन्छ भने उनीहरु सरसफाई र धुँवा रोक्नका लागि केही पनि गरिरहेका छैनन् । उनीहरु आफ्नो फोहोर समुद्रमा फालिरहेका छन् र ती बग्दै गरेर लस एन्जेलिससम्म पुगिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण