ग्यास अभाव छैन, बेकारको हल्ला चलिरहेको छ : आयल निगम
बिहीबार, २८ कात्तिक २०७६, १३ : ४२
काठमाडौँ । अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन् ।
ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएको ग्राहकको आरोप छ । तर नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ग्यास अभावको हल्ला बेकारको भएको बताउँछन् । उनले ग्यास आउनुपर्ने जति आइरहेको र कुनै पनि समस्या नभएको बताएका छन् ।
यता एलपिजि ग्यास उद्योग संघका उपाध्यक्ष कुश मल्ली पनि ग्यास अभाव नभएको बताउँछन् । उनले भारतको बरौनी र मथुराबाट ग्यास ल्याइने भएकाले बरौनी केही दिनका लागि बन्द हुँदा केही कम ग्यास आएको बताए ।
यद्यपि, व्यवसायीले ग्राहकलाई फर्काउँने गरी ग्यास अभाव नभएको उनको भनाई छ । उनी भन्छन्, ‘पूर्णतया ग्यास आएको छैन, सरसफाइका लागि बरौनी बन्द छ तर केही दिन नआउँदै नेपालमा अभाव हुँदैन । मथुराबाट आइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण