कृष्ण अफिसियल अन्तर्राष्ट्रिय चेस जित्ने पहिलो नेपाली
काठमाडौं– सिएम कृष्ण थापा कुनै पनि अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । बिहिबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान पाएका हुन् । नौ चरणको खेलमा आठ अंक जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्रराज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६.५ अंकसहित पाँचौ भए । प्रतियोगितामा नेपाली खेलाडीले शीर्ष पाँच स्थान पाए ।
अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकास नेपाल ७.५ अंक सहित दोस्रो, भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ सात अंकसहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन सात अंकसहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौ भए ।
यसैगरी, सुमित पन्त सातौं, आशिष फुयाँल आठौ तथा सुरवीर लामा नवौ तथा शुभम शुक्ला दशौं भए । महिलातर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चीनका सुन फुरुङ दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो तथा जापानकी कोजीमा नात्सुमी चा्रथो तथा नेपालकै शुसीला गुरुङ पाँचौ भए ।
नेपाल बुिद्धचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी थिए । विजयी थापाले पन्ध्र सय, उपविजयीले एकहजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले सात सय ५० अमेरिकी डलर पुरस्कार पाए । महिलातर्फ विजेताले सात सय, उपविजेताले पाँच सय तथा र तेस्रोदेखि पाँचौ हुनेले तीन सय अमेरिकी डलर पुरस्कार पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण