केनको ह्याट्रिकसँगै इङ्ल्यान्ड युरोकपमा छनोट
एजेन्सी । कप्तान ह्यारी केनले ह्याट्रिकसँगै मोन्टेनेग्रोमाथि गोल वर्षा गरेको इङ्ल्यान्ड सन् २०२० को युरोकप फुटबलमा छनोट भएको छ । घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इङ्ल्यान्डले मोन्टेनेग्रोलाई ७–० गोल अन्तरले हरायो ।
समूह ‘ए’ मा रहेको इङ्ल्यान्ड एक खेल अगावै युरो कपमा छानिएको हो । इङ्ल्यान्डको प्रभावशाली जीतमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । एलेक्स अक्सलेड चेम्बरलेन, मार्कुस रासफोर्ड र ट्यामी अब्राहमले एक–एक गोल गरे । इङ्ल्यान्डले एक गोल उपहार पाएको थियो ।
इङ्ल्यान्डले ११ औँ मिनेटमा चेम्वरलिनको गोलबाट अग्रता लिएको थियो । त्यसपछि कप्तान केनले १८ औँ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेका थिए । केनले १९ औँ, २४औँ र ३७ औँ मिनेटमा गोल लगातार गोल गरे । ३० औँ मिनेटमा रासफोर्डल अर्को गोल गरे । ६६ औँ मिनेटमा मोन्टेनेग्रोका एलेक्ससान्दर सो फ्रान्सले आत्मघाती गोल गरेका थिए । ८४ औँ मिनेटमा ट्यामी अब्राहमले गाल गर्दै इङ्ल्यान्डलाई फराकिलो जित दिलाए ।
जितसँगै समूहको शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले सात खेलबाट १८ अङ्क बनाएको छ । तीन अंक बनाएको मोन्टेनग्रोको अन्तिममा छ । अर्को खेलमा चेक रिपब्लिकले कोसोभोलाई २–१ गोलले हरायो । जितसँगै १५ अंक बनाएको चेक रिपब्लिक दोस्रो स्थानमा छ । कोसोभो ११ अङ्कसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण