माछापुच्छ्रे बैंकको आक्रमक योजना : पहिलो त्रैमासिकमै १७ अर्ब बराबरको कर्जा र निछेप कारोबार
माछापुच्छ्रे बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आक्रामक रुपमा शाखा विस्तार गर्नुका साथै ३७ करोड ६० लाख खुद नाफा कमाउन सफल भएको छ ।
चालु आवको असोज महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै बैङ्कले गएको आर्थिक वर्षमा ४३ शाखा थप गरी कुल शाखा १३१ पु-याएको थियो भने यस वर्षको पहिलो तीन महिनामै १२ शाखा विस्तार गरेर १४३ पु¥याएको उल्लेख गरेको छ ।
यस अवधिमा बैङ्कले ८.५ अर्व रुपैयाँ कर्जा प्रवाह गरेर कुल कर्जा रु ८६ अर्ब पु-याएको छ । त्यसैगरी बैङ्कले सोही अवधिमा ६.०७ अर्ब निक्षेप संकलन एव ३ अर्ब बराबरको ऋणपत्र पूर्णरुपमा बिक्री गरी कूल ९.०७ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सफल भएको बैङ्कले जनाएको छ ।
विगत वर्षजस्तै यस आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बैङ्कले आफ्नो समग्र गतिविधिलाई द्रुतगतिमा विस्तार गर्दै लगेको उसको आर्थिक विवरणमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण