१४ वर्षीया बालिकालाई भगाएर विवाह गरेको आरोपमा एक किशोर पक्राउ
शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ३७
उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।
गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।
जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि प्रहरीप्रमुख केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण