हङकङमा प्रदर्शनकारीले फ्याँकेको इँटाले लागेर खाजा खान निस्केका वृद्धको मृत्यु
हङकङमा सरकार पक्षधर र प्रदर्शनकारीबीचको झडप हुँदा टाउकोमा चोट लागेपछि एक ७० वर्षे वृद्धको मृत्यु भएको छ ।
अधिकारीका अनुसार क्लिनरको रुपमा काम गर्ने ती वृद्ध लञ्च ब्रेकमा खाना खानका लागि बाहिर निस्किएका बेला प्रदर्शनकारीले हानेको कडा वस्तु उनको टाउकोमा बज्रन पुगेको हो ।
चीनका राष्ट्रपति सी जिनपिंगले एक देश दुई शासन प्रणालीलाई चुनौती दिँदा यस्तै हुन भनेका छन् ।
हंगकंगमा विगत पाँच महिनादेखि राजनीतिक अस्थिरता कायम छ ।
हप्तादिन अघि मात्रै पुलिसले कारवाही गर्ने क्रममा २२ वर्षे विद्यार्थी एलेक्स चोको एक भवनबाट खसेका कारण मृत्यु भएको छ ।
खासमा वृद्धमाथि के भएको हो ?
हंगकंगको सियुङ्ग सुई शहरमा प्रदर्शन भइरहेका बेला ७० वर्षे ती क्लिनरको टाउकोमा केही कडा वस्तु लाग्न पुग्यो ।
सोसल मिडियामा प्रकाशित एक भिडियोमा ती वृद्ध टाउकोमा चोट लागेपछि भुइँमा ढल्नुअघि दुई समूहबीच इट्टा हानाहान भइरहेको देख्न सकिन्छ ।
एक पुलिस अधिकारीले एससीएमपी न्यूज आउटलेटसँगको कुराकानीमा आफू उक्त घटनामा संलग्न नभएको तर त्यहाँको फोटो भने खिचिरहेको जानकारी दिए ।
ती वृद्धको बिहिबार अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।
हंगकंगको फुड एण्ड इन्भ्यारोमेन्टल हाइजिन डिपार्टमेन्ट (एफइएचडी) ले ती व्यक्ति आउटसोर्स कर्मचारी भएको र लञ्च ब्रेक बाहिर निस्किएका बेला उक्त घटना भएको बताइएको छ ।
एफइएचडीले प्रदर्शनकारीलाई ‘अत्यधिक भयानक’ बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण