नागरिकता कसुरका आरोपी धरौटीमा रिहा
शुक्रबार, २९ कात्तिक २०७६, १२ : ०३
झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् ।
स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले रु तीन/तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
सर्वजित सुनारले कास्कीको पोखरा महानगरपालिका–३० बस्ने डिलबहादुर श्रेष्ठका ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नो छोरा भएको झुट्टा विवरण पेश गरेको र तत्कालीन वडाध्यक्ष चेतनाथ पौडेलले सिफारिश गरेपछि २०६० माघ २० मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण