शान्ति, सुशासान र स्थिरताको पक्षमा मतदान गरौं : माधव नेपाल
महोतरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेका छन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका बलवा, मटिहानी र पिपरा गाउँपालिकामा आयोजित कार्यक्रममा उनले जनताको मुख्य चासो र चाहना भ्रष्टाचारमुक्त जनमुखी प्रशासन रहेको औँल्याए ।
“ठूला कुरा नगरौँ, अहिले जनताले खोजेको र चाहेको मुख्य कुरा नै स्वच्छ प्रशासन हो”, नेता नेपालले भने, “मतदाताले यी माग सम्बोधन गर्नसक्ने दललाई मतदान गर्नुपर्छ ।” मुलुकमा स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको स्पष्ट पार्दै उनले स्थिर सरकार दिनसक्ने दल जनताले ठम्याउनु पर्ने उल्लेख गरे । पिपराको अध्यक्ष, बलेवा–२ र ८ तथा मटिहानी–६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय अखण्डता र सीमा सुरक्षाका कुरामा जनताको चासो बढेको उल्लेख गरे । सरकारले जनचासोका विषयबारे स्पष्ट अडानसाथ मित्रराष्ट्रसँग कुटनीतिक पहल गरी समस्याको निदान खोज्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण