पूर्व कप्तान पारस खड्काको विदेशी फ्रेन्चाइज लिगको डेब्यु खेलमा तीन रन
युएईमा जारी टी–१० लिगबाट नेपालका पूर्व कप्तान पारस खड्काले विदेशी फ्रेन्चाइज लिगका डेब्यु गरेका छन् । युएईको आबु धाबीमा शुक्रबार राति भएको खेलमा पारसको टोली आबु धाबी र क्वालान्डर्सबीचको खेल बराबरीमा सकिएको छ ।
बराबरीसँदै दुवै टोलीले एक एक अंक बाँडेका छन् । शेख जायद स्टेडियममा आबु धाबीले दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको क्वालान्डर्सले १० ओभरमा तीन विकेटको क्षतिमा एक सय तीन रन बनाएपछि खेल ‘टाई’ भएको हो ।
क्वालान्डर्सका लागि कप्तान डेविड मालनले ३३ रन बनाए । लुक रोन्चीले अविजित २३ र फिल साल्टले २२ रन बनाए । आबु धाबीका मर्चान्ट डी लांगेले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३ रन बनाएको थियो । आबु धाबीका लागि कोरी एन्डरसनले ४३ रन बनाए । लुक राइटले २०, निरोशन डिक्वेलाले १७ र लेविस ग्रेगोरीले ११ रन बनाए । डेब्यु खेलाडी पारसले अविजित तीन रन बनाए ।
क्वालान्डर्सका लाहिरु कुमाराले दुई विकेट लिए । नेपालका पूर्व कप्तान पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलेका थिए । टी–१० लिगमा सन्दीप पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण