श्रीलंकामा राष्ट्रपति चुनाव : मतदाता चढेको गाडीमा गोलीबारी
एजेन्सी । श्रीलंकामा शनिबार राष्ट्रपति चुनावको लागि मतदान जारी छ । विहान सात बजेबाट देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
मतदानको क्रममा केही ठाउँमा हिंसाका घटना भएका छन् ।
बिहानै श्रीलंकामा उत्तर–पश्चिम क्षेत्रमा मतदाता बोकेको बसहरुमाथि गोली चलेको घटना आएको छ ।
गोलीबारीमा कसैको मृत्यु भएको खबर आएको छैन तर कयैन घाइते भएका छन् । तर प्रहरीले हमलावरले पहिले नै आक्रमणको तयारी गरेको जस्तो देखिएका बताए ।
बसहरुलाई सडकमा पहिले टायर बालेर बसेका थिए । १०० भन्दा बढी बसको उक्त लाइनमाथि आक्रमण गर्नको लागि सडक किनारामा ब्लक नै बनाइएको पाइएको छ ।
इस्टरको समयमा चर्चहरुमा ठूलो आक्रमण भएपछि यो देशमा पहिलो ठूलो आक्रमण हो । उक्त आक्रमणपछि देशमा मुसलमानहरु प्रति घृणाको वातावरण कायम छ ।
श्रीलंकामा मतदानको लागि १.६ करोड मतदाताको नाम दर्ता छ । उमेद्वारको कुरा गर्दा चुनावी मैदानमा अहिलेसम्मको सबैभन्दा धेरै ३५ उमेद्वार उठेका छन् ।
प्रतिस्पर्धीमध्ये पूर्व सचिव गोतबया राजपाक्षे र वर्तमान आवास मन्त्री सजित प्रेमदासा मुख्य प्रतिस्पर्धी मानिएको छ ।
वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले यस पटक चुनावमा नउठ्ने पहिले घोषणा गरेका थिए । उनलाई ‘श्रीलंका फ्रिडम पार्टी(एसएसएफपी)’ले समर्थन गरेको छ ।
गोतबया राजापक्षे पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेका भाई हुन् । विगतमा महिन्द्रा राजापाक्षेको सरकारमा उनले महत्वपूर्ण जिम्मेबारी सम्हालेका थिए ।
त्यस्तै अर्का बलिया प्रत्यासी प्रमेदासा पनि पूर्व राष्ट्रपतिका छोरा हुन् । उनी ‘नेशन डेमोक्रेटिक फ्रन्ट(एनडीएफ)’का नेता हुन् ।
एनडीएफ वर्तमान सत्तारुढ दक्षिणपन्थी गठबन्धन ‘यूएनपी’को एक सदस्य हाृ । प्रेमदासा त्यस गठबन्धनका उप–नेता हुन् । साथै उनी वर्तमान सरकारमा आवास, निर्माण र सांस्कृतिक मुद्दाका मन्त्री छन् ।
चुनावी मैदानमा रहेका अन्य ठूला नाममा वर्तमान सांसद अनुरा दिसानायके र अवकास सेना कमाण्डर महेश सेनानायके छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण