स्वास्थ केन्द्रमा औषधी अभाव
रौतहट । रौतहटको गरुडा नगरपालिकाको एक स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने बिरामी निरास भएर फर्कन बाध्य भएका छन् ।
गरुडा नगरपालिका २ गेडहीगुठी स्थित स्वास्थ्य केन्द्रमा सिटामोल र जिवनजल समेत नरहेको हुँदा उपचार गराउन जाने बिरामीहरु निराश भएर फर्किन बाध्य भएका हुन् ।
नगरपालिकाका स्वास्थ्य संयोजक तथा प्रशासनको लापरवाहीका कारण कार्तिक महिनाभरी उक्त स्वास्थ केन्द्र औषधीबिहिन भएको स्थानीय समाजसेवी एवम् उखु उत्पादक किसान संघ रौतहटका सचिव मनोज कुमार सहनीले बताए ।
स्वास्थ केन्द्रका प्रमुख सिएमए रामपुकार यादवले कार्तिक महिनाको सुरुमा औषधीको त्रैमासिक प्रतिवेदन नगरपालिकामा पठाएको थिए ।
सो पश्चात पटक पटक तगेदा गर्दा पनि गरुडा नगरपालिकाले हालसम्म औषधी नपठाएको प्रमुख यादवले बताए ।
गरुडा नगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले गेडहीगुठी स्वास्थ केन्द्रको लागी औषधीको मागफारम हालसम्म नआएको बताउदै वास्तविक अवस्था बुझन आफू आइतवार अनुगमनमा जाने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण