हामी इजराइललाई नष्ट गर्न चाहन्छौंः इरानका सर्वोच्च नेता
इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनइले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको तर सबै धर्मका मानिसहरुले इजराइलको भविष्य निश्चित गर्नुपर्ने बताएका छन् ।
सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजराइललाई मान्यता दिन अस्विकार गरेको थियो र इरानले प्यालेष्टिनी चरमपन्थी समूहलाई समर्थन गर्दै आएको छ । इजराइलले लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको र मध्य–पूर्वमा उसलाई आफ्नो प्रमुख दुश्मन मान्ने बताउँदै आएको छ ।
तेहरानमा एक इस्लामिक कन्फरेन्समा खमेनईले भने, ‘एक देशको रुपमा इजराइललाई नष्ट गर्नुको अर्थ यहूदियालाई नष्ट गर्नु होइन । यसको अर्थ यो हो कि प्यालेस्टिनका मानिसहरु, चाहे ती मुसलमान, इसाइ वा यहूदी हुन्, उनीहरुले आफ्नो सरकारलाई छान्नुपर्छ ।’
खमेनईले पश्चिमी बललाई उसको परमाणु कार्यक्रम रोकेका कारण पनि आलोचना गरे ।
खमेनईले भने, ‘असैन्य परमाणु ऊर्जाको आवश्यकता सबै देशलाई छ तर पश्चिमका देश यसमाथि एकाधिकार चाहन्छन् । पश्चिमका मानिसलाई थाहा छ कि हामीलाई परमाणु हतियार चाहिँदैन किनभने हाम्रो धार्मिक सिद्धान्तले पनि यसको अनुमती दिँदैन ।’
अमेरिकालाई लाग्छ कि इरानले परमाणु बम बनाउनका लागि वर्षौंदेखि काम गरिरहेको छ त्यसकारण यसले इरानमाथि विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाइरहेको छ ।
सन् १९७९ मा इरानको क्रान्तिले कट्टरपन्थीलाई सत्तामा आउने मौका दियो र त्यतिबेलादेखि इरानी नेताले इजराइललाई नष्ट गर्ने कुरा गरिरहेका छन् । इरानले इजराइलको अस्तित्व स्विकार गर्दैन र इरानका अनुसार इजराइलले मुसलमानको जमिनमा अवैध कब्जा जमाएको छ ।
अर्कोतर्फ इजराइलले पनि इरानलाई एक खतराको रुपमा हेर्दै आएको छ । उसले सधैं इरानसँग परमाणु हतियार हुन नहने बताउँदै आएको छ । मध्य–पूर्वमा इरानको बढ्दो असरले पनि इजराइलका नेताको चिन्ता बढाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण