‘पृथ्वीराज’मा अक्षयकुमारको जोडी पूर्वमिस वर्ल्ड मानुषी
मुम्बई । ‘मिस वर्ल्ड २०१७’की विजेता मानुषी छिल्लर फिल्म अभिनयमा डेब्यु गर्ने लगभग पक्कापक्की भएको छ । यशराज फिल्मस्ले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको फिल्म ‘पृथ्वीराज’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।
सुपरस्टार अक्षयकुमार उनको जोडीको रुपमा देखिने फिल्मका निर्देशक चन्द्रप्रकाश द्विवेदी हुन् । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवनमा आधारित रहेर निर्माण हुन लागेको हो ।
‘अक्षयकुमार जस्तो स्टारसँग बलिउड अभिनय डेब्यु गर्न पाउनु आफ्ना लागि सम्मान होे’ मानुषीले अभिनयको विषयमा खुसी हँुदै भनिन्, ‘आफ्नो भूमिका प्रति न्याय गर्ने कोशिस गर्नेछु ।’
अभिनेता अक्षयकुमारले पनि फिल्म मुर्हूतको तस्बिर सोसल मिडियाबाट शेयर गरेका छन् । उनले फ्यानबाट सपोटको इच्छा समेत जाहेर गरेका छन् । मानुषीले पनि मुहूर्त पूजाको तस्विर शेयर गरेकी छन् ।
मानुषीले फिल्म अभिनय आफ्नो जीवनको रोमाञ्चित अध्याय समेत भएका बताएकी छन् । फिल्ममा मानुषीले संयोगिताको भूमिका निर्वाह गर्नेछिन् । फिल्म २०२०को दीपावलीको अवसरमा प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण