१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम
सोमबार, ०२ मङ्सिर २०७६, ०७ : ०५
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ ।
रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो ।
नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् ।
‘यो कारागारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ कारागार प्रमुख पौडेलले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण