१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम
सोमबार, ०२ मङ्सिर २०७६, ०७ : ०५
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ ।
रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो ।
नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् ।
‘यो कारागारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ कारागार प्रमुख पौडेलले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत बाहिर सन्दीपका समर्थकको भीड (तस्बिरहरु)
-
डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
-
प्रचण्ड र ओलीसँग भेटेपछि रविले भने– प्रश्न उठेपछि बोल्न पाउनुपर्छ
-
अर्थमन्त्री भन्छन्– नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ
-
वैद्यको पार्टी निकट विद्यार्थीका अध्यक्ष पक्राउ, विरोधमा सङ्घर्षका कार्यक्रम घोषणा
-
कश्मीरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, २ जना पक्राउ