श्रृङ्गार पटार गरेर र्याम्प वक गरिरहेकी थिइन् रानू मण्डल, सोसल मिडियामा मीम्सको बर्सात्
रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानू मण्डलको एउटा भिडियो भाइरल भएपछि उनी रातारात सुपरस्टार बनेकी थिइन् । रानू मण्डलको अर्को एउटा गीत ‘आशिकी मे तेरी’ गीत रिलिज भयो, जसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
हालै, रानू मण्डल एक कार्यक्रमका लागि श्रृङ्गार पटार गरेर पार्टीमा पुगिन् । त्यतिबेला उनले र्याम्प वक पनि गरिन् । रानू मण्डललाई देखेर त्यहाँ उपस्थित जो कोही पनि चकित परे । तर अब रानू मण्डलले आफ्नो मेकअप र स्टाइलका लागि ट्रोलरको सामना गर्नुपरेको छ । वास्तवमा सोशल मिडिया सेन्सेशनलाई लिएर अब इन्टरनेटमाथि मीम बनिरहेको छ र मानिसहरुले उनको मेकअपको पनि खिल्ली उडाइरहेका छन् ।
हालै रानू मण्डल एक प्रशंसकसँग सेल्फी खिच्न नमानेको र उनीमाथि दुर्व्यवहारका कारण चर्चामा आएकी थिइन् । उनको यो भिडियो पनि निकै भाइरल भएको थियो । त्यसपछि रानू मण्डललाई सोसल मिडियामा निकै ट्रोल पनि गरिएको थियो । अब एकपटक पुनः सोसल मिडिया सेन्सेशन आफ्नो मेकअपका लागि ट्रोल भइरहेकी छिन् ।
Meanwhile on Social Media Platforms.. #ranumondal #RanuMandal pic.twitter.com/zWNbP9tysO
— AVNISH CHAUHAN (@noidafoodie) November 17, 2019
This is not meme, this is love #RanuMandal pic.twitter.com/c0WAZ6mIe5
— Tanmoy Dhar (Tripura) (@tanmoydharTPYC) November 17, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान