श्रृङ्गार पटार गरेर र्याम्प वक गरिरहेकी थिइन् रानू मण्डल, सोसल मिडियामा मीम्सको बर्सात्
रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानू मण्डलको एउटा भिडियो भाइरल भएपछि उनी रातारात सुपरस्टार बनेकी थिइन् । रानू मण्डलको अर्को एउटा गीत ‘आशिकी मे तेरी’ गीत रिलिज भयो, जसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
हालै, रानू मण्डल एक कार्यक्रमका लागि श्रृङ्गार पटार गरेर पार्टीमा पुगिन् । त्यतिबेला उनले र्याम्प वक पनि गरिन् । रानू मण्डललाई देखेर त्यहाँ उपस्थित जो कोही पनि चकित परे । तर अब रानू मण्डलले आफ्नो मेकअप र स्टाइलका लागि ट्रोलरको सामना गर्नुपरेको छ । वास्तवमा सोशल मिडिया सेन्सेशनलाई लिएर अब इन्टरनेटमाथि मीम बनिरहेको छ र मानिसहरुले उनको मेकअपको पनि खिल्ली उडाइरहेका छन् ।
हालै रानू मण्डल एक प्रशंसकसँग सेल्फी खिच्न नमानेको र उनीमाथि दुर्व्यवहारका कारण चर्चामा आएकी थिइन् । उनको यो भिडियो पनि निकै भाइरल भएको थियो । त्यसपछि रानू मण्डललाई सोसल मिडियामा निकै ट्रोल पनि गरिएको थियो । अब एकपटक पुनः सोसल मिडिया सेन्सेशन आफ्नो मेकअपका लागि ट्रोल भइरहेकी छिन् ।
Meanwhile on Social Media Platforms.. #ranumondal #RanuMandal pic.twitter.com/zWNbP9tysO
— AVNISH CHAUHAN (@noidafoodie) November 17, 2019
This is not meme, this is love #RanuMandal pic.twitter.com/c0WAZ6mIe5
— Tanmoy Dhar (Tripura) (@tanmoydharTPYC) November 17, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



