बाँकेमा बस दुर्घटना हुँदा १४ जना घाइते
सोमबार, ०२ मङ्सिर २०७६, १३ : १९
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सोमबार बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण