काठमाडौं महानगरले चार दिनमात्रै फोहोर उठाउने
काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ। नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो।
यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए ।
उहाँका अनुसार अबको एक महिनाभित्र सो व्यवस्था लागू भइसक्नेछ। विभागले ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरूलाई विशेष तालिम दिएपछि नयाँ व्यवस्था शुरू गर्न लागेको हो।
‘पहिलो चरणमा वडाध्यक्ष र सदस्यलाई यसबारे तालिम दिन्छौं, त्यसपछि उहाँहरूको अग्रसरतामा फोहोर व्यवस्थापन शुरू गछौं।’ –विभागका प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले भन्नुभयो।
विभागले उक्त कामका लागि स्थानीय क्लब, पुचः महिला समूहलगायत सामाजिक निकायसँग पनि समन्वय गर्नेछ। यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण