त्रिवि सेवा आयोगको परीक्षा बहिस्कार
ललितपुर । त्रिवि सेवा आयोगको उपप्राध्यापक पदमा मङ्गलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । कम्प्युटर विज्ञानको पहिलो पत्र (दोस्रो खण्ड)को विषयगत परीक्षाको प्रश्नपत्र त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अनुरुप नभएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।
ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस केन्द्रका परीक्षार्थीले प्रश्नपत्र गैरविषयको समेटिएको भन्दै बहिस्कार गरेका हुन् । कम्प्युटर विज्ञानको विषयगत परीक्षा भएपनि सिलेबसभन्दा बाहिर गएर इलेक्ट्रोनिक्सको असम्बन्धित प्रश्नपत्र सोध्ने काम भएकाले आफूहरुले परीक्षा बहिस्कार गरेको परीक्षार्थी रमेश न्यौपानेले जानकारी दिए ।
उनले सोमबार पनि यस्तै असम्बन्धित प्रश्न सोधिएको र मङ्गलबार सोही गल्ती दोहोरिएको पाइएपछि परीक्षा बहिस्कार गरिएको बताए ।
परीक्षार्थीहरुले यो परीक्षालाई रद्द गर्दै पुन: परीक्षाको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण