लिबियामा सवारी दुर्घटना: ९ महिनामा १४ सय जनाको मृत्यु
एजेन्सी– लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सयभन्दा बढीको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो ।
“गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती दुर्घटनाहरुमा परी ३१ सय १ जना घाइते भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
असिमित र अनियन्त्रित गति, चालकमा पर्याप्त सिपको अभाव, सवारी साधन र सडकको खराव अवस्था, चालकको एकाग्रतामा कमीलगायतका कारणले लिबियामा धेरै दुर्घटना हुने गरेको बताइएको छ । गृहमन्त्रालयले ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी चलाउदा सतर्कता अपनाउन सवारी चालकहरुलाई आग्रह गरेको छ ।
यसअघि सन् २०१८ मा सवारी दुर्घटनाकै कारण लिबियामा झण्डै २५ सय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण