बालुवाटारमा ओली–प्रचण्डको निर्णायक छलफल
काठमाडौँ– मन्त्रिमण्डल पुनर्गठन गर्नुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । मन्त्रिमण्डलमा थपिने र बाहिरिने मन्त्रीहरुको टुङ्गो लगाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच कस–कसलाई मौजुदा मन्त्रिपरिषदबाट बिदा गर्ने र क–कसलाई भित्रयाउँने भन्ने विषयमा अन्तिम टुंगो लगाउने भन्नेमा निर्णायक छलफल हुनेछ ।
नयाँ मन्त्रीबारे बालुवाटारमा सहमति जुटेपछि बुधबारै ओली र प्रचण्ड शीतलनिवास पुगेर मन्त्रिमण्डल पुनर्गठनबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनेछन् ।
त्यसपछि लगत्तै साढे १२ बजे नेकपाको सचिवालय बैठक बसेर शीर्ष नेताहरुबीचको सहमति अनुमोदन गर्ने तयारी छ ।
प्रधानमन्त्री केपी ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए। बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका थिए ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए । तर कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण