एनआईसीले सच्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारेको विज्ञप्ती, यस्तो रहेछ वास्तविकता
काठमाडौं– एन आई सी एशिया बैंकद्वारा यही मंसिर ३ गते जारी ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयको प्रेश विज्ञप्ति सच्याएको छ ।
बैंकले सत्य तथ्य प्रस्ट्याउन भन्दै अर्को विज्ञप्ती जारी गर्दै मंसिर ३ गते जारी ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ सम्वन्धि विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएको जनाएको छ ।
बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराउँदै उक्त योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराएको छ । आम जनमासहरुलाई बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ भनि नामाङ्कन गरीएको बैंकले बताएको छ ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सक्नेछन् ।
रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवं पहिलेदेखी नै संचालनमा रहेको योजना हो र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको छन ।
यस बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्र्तगत उक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण