नेकपा उम्मेदवार विमलाको गुनासो : एकल महिला भन्दै हेप्न खोजियो
बुटवल । दाङ क्षेत्र नम्वर ३ ‘ख’की नेकपा उम्मेदवार विमला वलीले एकल महिलाको मानमर्दन नगर्न काँग्रेस नेताहरुलाई चेतावनी दिएकी छन् । भ्युडर सुनपुरमा भएको चुनावी टोल सभामा वलीले आफूलाई एकल महिला भनेर काँग्रेस नेताहरुले हेप्ने गरेको गुनासो गरिन् ।
उनले भनिन्, ‘काँग्रेसका केही नेताले मेरो सेतो साडीमाथि प्रश्न उठाउँदै अपमान गरेको भन्ने सुनेको छु । त्यो अपमान मेरो मात्रै होइन । सबै एकल महिलाको मानमर्दन हो ।’
नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगीले यसअघि नेकपा उम्मेदवार वलीलाई सेतो साडी लगाएर भोट मागेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेको वलीले गुनासो छ ।
वलीले एकल महिला हुनु पाप नभएको भन्दै आफूले सामाजिक संस्कार अनुसार श्रीमान्को निधन पश्चात सेतो वस्त्र पहिरिएको बताइन् । एकल महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले महिलाको इज्जत गर्न सिक्न काँग्रेस नेताहरुलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित