नेकपा उम्मेदवार विमलाको गुनासो : एकल महिला भन्दै हेप्न खोजियो
बुटवल । दाङ क्षेत्र नम्वर ३ ‘ख’की नेकपा उम्मेदवार विमला वलीले एकल महिलाको मानमर्दन नगर्न काँग्रेस नेताहरुलाई चेतावनी दिएकी छन् । भ्युडर सुनपुरमा भएको चुनावी टोल सभामा वलीले आफूलाई एकल महिला भनेर काँग्रेस नेताहरुले हेप्ने गरेको गुनासो गरिन् ।
उनले भनिन्, ‘काँग्रेसका केही नेताले मेरो सेतो साडीमाथि प्रश्न उठाउँदै अपमान गरेको भन्ने सुनेको छु । त्यो अपमान मेरो मात्रै होइन । सबै एकल महिलाको मानमर्दन हो ।’
नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगीले यसअघि नेकपा उम्मेदवार वलीलाई सेतो साडी लगाएर भोट मागेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेको वलीले गुनासो छ ।
वलीले एकल महिला हुनु पाप नभएको भन्दै आफूले सामाजिक संस्कार अनुसार श्रीमान्को निधन पश्चात सेतो वस्त्र पहिरिएको बताइन् । एकल महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले महिलाको इज्जत गर्न सिक्न काँग्रेस नेताहरुलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण