न्यायाधीश सिफारिसप्रति थारु कानुन व्यावसायीको आपत्ति
काठमाडौं– न्याय परिषदले उच्च अदालमा रिक्त रहेका १५ न्यायाधीश सिफारिस गरेकोप्रति थारु कानून व्यावसायी सभाले आपत्ति जनाएको छ । सभाका महासचिव श्रवणकुमार चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । ‘न्यायपरिषद्ले १५ जना न्यायाधीश सिफारिस भएकोमा नेपालको संविधानको प्रस्तावना, संविधानको धारा ४२ (२)तथा न्याय परिषद् ऐनको दफा ५ साथै सर्वोच्च अदालतको फैसला आदेश ( रिट न.०७३(wo)०२७३ रिट निवेदक शान्ति मोदीको निवेदनको मर्म र भावना विपरीत छ’ विज्ञप्तिमा भनिएको छ ।
यसका साथै कानुन व्यावसायी सभाले न्याय परिषद्को निर्णय समावेशी, समानुपातिक सिद्धान्तको विपरीत गरेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । यसअघि बुधबार परिषद् बैठकले जिल्ला अदालतका न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयबाट एकजना र कानुन व्यवसायीबाट आठ जनाको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण