माधवलाई छेउमा राखेर प्रचण्डले भने, ‘शान्ति प्रकृयामा फड्को मारेकै हो’
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रकृयामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा धेरै काम गरेर फड्को मारेको बताएका छन् । उनले हतियार व्यवस्थापन, सेना समायोजन र अनमिनलाई फिर्ता पठाउने काम माधव नेपालको सरकारका पालामा भएको भन्दै आफु त्यसवेला आन्दोलनमा भएपनि धेरै काम गरेको बताए ।
अध्यक्ष प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा सवै पदाधिकारी नयाँ नियुक्त गर्ने तयारी गरेको समेत जानकारी दिए । बृहत शान्ति सम्झौता भएको १३ बर्ष पुगेको अवसरमा बिहीबार काठमाडौं भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले सरोकारवालाहरुको सुझावलाई मध्यनजर गर्दै संक्रमणकालीन मुद्दालाई टुङ्ग्याउने हुटहुटी आफुलाई लागेको भन्दै सत्यतथ्य निरुपण गर्न आयोगमा सबै पदाधिकारी नयाँ नियुक्त गर्न लागेको पनि जानकारी दिए । ‘सत्य निरुपण आयोगमा सवै पदाधिकारी नयाँ आउँछन् । यसमा म विश्वास दिलाउन चाहान्छु’ प्रचण्डको भनाई छ ।
त्यस्तै उनले वेपत्ता आयोगले धेरै काम सकाएकाले के गर्ने भन्ने छलफल भइरहेको बताए । उनले सर्वोच्च अदालतको आदेशलाई मानेर नै विधेयक संशोधनको तयारी भएको भन्दै त्यसैअनूरुप ड्राफ्ट समेत बनिरहेको बताए । उनले नेपालमा कुनैपनि माग पुरा गर्न आन्दोलन गर्ने अवस्था नरहेको भन्दै अहिले कसैले विद्रोह गर्छु भनेपनि त्यो सम्भव नभएको बताए । ‘सबै मिलेर शान्ति प्रकृयालाई अन्तिम रुप दिनुपर्छ’ प्रचण्डको भनाई छ । प्रचण्ड १३ बर्ष अघि भएको शान्ति सम्झौतामा हस्ताक्षर गर्ने मध्येका एक नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण