धरहरा पुनर्निर्माण ३२ प्रतिशत सम्पन्न, तेस्रो तला ढलान सकियो
शुक्रबार, ०६ मङ्सिर २०७६, १३ : २३
काठमाडौँ । भूकम्पबाट ध्वस्त भएको धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सम्पन्न भएको छ । हालसम्म तेस्रो तलाको ढलान सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शुक्रबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले धरहराको तेस्रो तलाको ढलान सम्पन्न भएको बताए ।
उनले धरहरा निर्माणको कामले गति लिइरहेको बताउँदै सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय सार्न प्रिफ्याब भवन बनाइएको जनाए । यस्तै, राष्ट्र बैंकको टक्सार कार्यालय सारिएको र स्थानीयको मागअनुसार बाटो खुला गरिएको उनले प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण