आर्थिक गतिविधि बढाउने नाउँमा सरकारले निजी क्षेत्रलाई मात्रै दवाव दियो : शेखर गोल्छा
काठमाडौं । उद्योगीहरुले आर्थिक गतिविधि बढाउने नाउँमा सरकारले निजी क्षेत्रलाई मात्रै दवाव दिएको बताएका छन् । बजेटमार्फत करका दरहरु बढाएकोप्रति संकेत गर्दै उद्योगीहरुले सरकारले राजस्व उठाउने लक्ष्य पुरा गर्नका लागि उद्योगीहरुलाई दवाव दिएको गुनासो गरेका हुन् ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघमा कर दिवस एवं कर सप्ताहका अवसरमा गरिएको एक कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटमार्फत कर्मचारीलाई अनिवार्य पानमा जानुपर्ने तथा भिसिटिएस प्रणाली लागु गर्ने नीति लिंदा व्यवसायीहरु तरंगित भएको बताए ।
तर पछिल्लो समय उक्त समस्या समाधान भएपनि इजअफ डुइङ बिजनेसमा कर सम्बन्धी व्यवस्थामा सुधार गर्न नसकेको तथा कस्ट आफ डुइङ बिजनेसतर्फ ध्यान नदिएको वरिष्ठ उपाध्यक्ष गोल्छाको गुनासो थियो ।
कार्यक्रममा राजस्व सचिव शिशिर कुमार ढुंगानाले राजस्वको लक्ष्य पुरा नहुँदा सरकारलाई समस्या पर्ने र यसले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत प्रभाव पार्ने बताए । सचिव ढुंगानाले आगामी जनवरी १ देखि डिजिटल सिस्टम मार्फत कर भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी दिए ।
कार्यक्रममा उद्योगीहरुले सरकारले पछिल्लो समय अवलम्बन गरेको विभिन्न नीतिगत व्यवस्थाका कारण लगानीको वातावरण विग्रने खतरा रहेको भन्दै सचेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण