'मुलुकलाई ठीक ठाउँमा ल्याउन कास्कीमा काँग्रेसलाई जिताउनुपर्छ '
पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन् । पोखरा–९ मा आज काँग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र सङ्घीयता मास्न सरकार उद्धत रहेको उल्लेख गरे ।
विकास निर्माणबारे नेता कोइरालाले भने, “कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा काँग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि काँग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि काँग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।”

अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे ।
राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको उनको भनाइ थियो ।
पोखरा–९ का वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, रामराज लामिछाने र शिवराज बाँस्तोलालगायतले खेमराज पौडेललाई जिताउनुपर्ने विषयमा जोड दिएका थिए ।
तेस्रो चरणका कार्यक्रम शुरु
काँग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । काँग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई तीन चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो ।
पहिलो चरण पाँच दिन, दोस्रो र तेस्रो चरण सात÷सात दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको काँग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो ।
तेस्रो चरणका सात दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की काँग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।
उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिबद्धता जनतासामु लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्ने कार्यको गोप्यरूपमा अनुगमन र खबरदारी गर्ने बताए ।
“पूरै पार्टी पङ्क्ति यो चुनावमा परिचालन भएको छ, जुन ठाउँमा जो आवश्यक पर्छ सोहीअनुरुप रणनीति तयारी गरेका छौँ”, सभापति केसीले भने, “अबको सात दिन मतदाता केन्द्रित हुनेछौँ । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्नेविरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण