युएनपार्कमा मोटरसाइकल ठोक्कियो, एकजनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् ।
कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग मङ्गलबजारमा इन्चार्ज अनमोल पाण्डेले जानकारी दिए ।
इन्चार्ज पाण्डेका अनुसार बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक भट्टराईको मृत्यु भएको हो । भटट्टराईको कामको सिलसिलामा सोही बाटो हुँदै बानेश्वर जाँदै थिए ।
यस्तै कैलाली घर भई बसुन्धारा बस्ने २३ वर्षीय लक्ष्मण आचार्य घाइते भएका छन् । आचार्यको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बा९१प १३०१ नम्बरको मोटरसाइक चालक विकल थापा प्रहरी हिरासतमा छन् भने मोटरसाइकलमा पछाडी बस्ने अर्का व्यक्ति सामान्य उपचारपछि घर गएका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण