रियलको जीतमा बेलबिरुद्ध हुटिङ्ग
एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । ३–१ को जीत निकाल्दै रियलले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको हो ।
विलियान जोसेले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर, खेलको ३७ औँ मिनेटमा करिम बेन्जेमाले खेल बराबरी गरे ।
दोस्रो हाफमा फेडरिको भालभर्डे र लुका मोड्रिचले गोल गर्दै रियललाई जीत दिलाए ।

खेलमा सब्सिटिट्युटका रुपमा मैदान प्रवेश गरेका गेराथ बेलले भने रियलका समर्थकहरुको हुटिङको सामना गर्नुपरेको थियो । गत अक्टोबर ५ पछि बेल पहिलो पटक रियलका लागि मैदान प्रवेश गरेका हुन् ।

यसअघि, वेल्सबाट युरो २०२० को छनौट खेल खेल्दा बेल ‘वेल्स, गल्फ, म्याड्रिड । इन द्याट अर्डर’ लेखिएको ब्यानरसँगै देखिएका थिए । यसबाट आक्रोसित बनेका रियलका समर्थकहरुले बेलले हरेक पटक बल पाउँदा हुटिङ गरेका थिए ।
अब रियलले मंगलबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।

शनिबार भएको अर्को खेलमा बार्सिलोनाले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिगमा संघर्षरत लेगानेसलाई पराजित गरेको छ ।
१३ खेल खेलेका बार्सिलोना र रियल म्याड्रिडको समान २८ अंक रहेको छ ।
योसुफ एन नेसरीले खेलको १२ औँ मिनेटमा लेगानेसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लुइस सुवारेज र एलेक्सिस भिडालले गोल गर्दै बार्सिलोनाको ३ अंक सुरक्षित गरे ।
शनिबार नै भएका अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई २–१ गोलले पराजित गर्यो भने एथ्लेटिको म्याड्रिड ग्रानाडासँग १–१ को बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण