हिगुइनको दुई गोलमा युभेन्ट्स विजयी
गोन्जालो हिगुईन ले दुई गोल गरेपछि साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा एट्लान्टामाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई उसैको मैदानमा ३–१ गोलले हरायो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता एट्लान्टाले लिएको थियो । ५६औं मिनेटमा रोबिन गोसेन्सले गोल एट्लान्टालाई अग्रता दिलाए । ७४औं मिनेटमा हिगुईनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८२औं मिनेटमा हिगुईनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।
जितसँगै शीर्ष स्थानको युभेन्ट्सले १३ खेलबाट ३५ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको एट्लान्टाको २२ अंक छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३४ अंक छ । शनिबार रातिनै भएको खेलमा इन्टरले टोरिनोलाई ३–० गोलले हरायो । अर्को खेलमा नापोली र एसी मलिानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण