राष्ट्र बैंकले ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै
आइतबार, ०८ मङ्सिर २०७६, १५ : ५९
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।
बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो ।
उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण