सरकारले सक्दैन भने नेपालको नक्सा हामी छाप्छौ: विश्वप्रकाश शर्मा
पोखरा । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नेपालको नक्सा छाप्न नसके आफ्नो पार्टीले छाप्ने बताएका छन् । सोमबार, पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले नक्सा छाप्न नसके आफ्नो पार्टीलाई जिम्मेवारी दिन समेत आग्रह गरेका छन् ।
‘नेपालको नक्सा सरकारले ३ दिनभित्रमा जारी गरोस्, कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा छपाईमा केही समस्या छ भने सरकारले भनोस्,’ उनले भने, ‘सरकारले ३ दिनमा नक्सा जारी गर्न सक्दैन भने, प्रतिपक्षलाई अपिल गरोस्, नक्सा जारी हामी गछौं ।’ देशको सीमा मिचिरहँदा सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने पनि उनले औल्याए । कालपानी मार्च गर्न पठाएका युवा अहिलेको सरकारको मन्त्री भएको उनले बताए ।
देश, विदेशम रहेका नेपालीले हाम्रो भूमि किन हाम्रो हुन सकेन भनेर प्रश्न उठाइरहँदा सरकार र पार्टीहरु यसको पक्षमा किन उत्रिन नसकेको भन्दै उनले प्रश्न गरे । गएको ७ गते आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण विवादमा परेको प्रसंगमा सभापति देउवाले आशंका मात्रै राखेको स्पष्टीकरण दिए । आफ्ना समकक्षीलाई जन्मदिनको शुभकामना दिन सक्नेले सिमा विवादको विषयमा एक कल फोन पनि गर्न नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरे ।
यो बेला सभापति देउवासँग उत्तर खोज्नुभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ माग्न समेत उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण