८ दिनसम्म बाथटबमा नै फसिन् वृद्धा त्यसपछि...
ब्रिटेनमा एक वृद्ध महिला आठ दिनसम्म बाथटबमा फसेको घटना सार्वजनिक भएको छ । पुलिसका अनुसार उनको घरमा खाना पुर्याइदिने युवक (डेलिभरी ब्वई) को आधारमा घरको खोजी गर्दा ती वृद्धाको उद्दार गरिएको हो ।
ती वृद्धा घरमा एक्लै बस्ने गरेको बताइन्छ । पुलिसले उनको नाम सार्वजनिक गरेको छैन ।
विल्टशायर फर्म फूडका लागि काम गर्ने डेलिभरी ब्वइले भने, ‘वृद्ध महिला उनको नियमित ग्राहक हुन् तर उनले पछिल्ला केही दिनदेखि केही पनि अर्डर गरेकी थिइनन् । त्यसैले मलाई शंका लाग्यो । मलाई लाग्यो कि महिलामाथि केही गलत भएको छ ।’
1 of 2
— LeicsPolice 24/7 Response (@LeicsResponse) November 20, 2019
Busy day for us on PRT 1, cannabis factory cleared, arrests for breach of order, sexual offences, assault & assault police.
Really great work earlier following a concern for welfare. Officers forced entry & found elderly female who had been stuck in a bath for 8 days.
2 of 2
— LeicsPolice 24/7 Response (@LeicsResponse) November 20, 2019
Officers managed to get her out and @EMASNHSTrust were called to carry out medical assessment. Although hungry she is ok.
पुलिसले दिएको जानकारी अनुसार घटना गत हप्ताको हो ।
बाथटबबाट उठ्न असमर्थ थिइन्ः
पुलिसका अनुसार वृद्धा गहिरो बाथटबबाट बाहिर निस्कन सकिरहेकी थिइनन् । उनको स्थिती स्थिर थियो तर उनी अत्यधिक भोको थिइन् । आठ दिनसम्म उनले पानी मात्र पिएर आफूलाई बचाइन् । पुलिसले उनलाई तत्काल अस्पताल भर्ना गरे जहाँ उनको स्थिती स्थिर बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई
-
सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई
-
स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छ : महामन्त्री थापा
-
सर्लाहीको लालबन्दीका तीन विपन्न परिवारलाई घर
-
काठमाडौँको बत्तिसपुतलीमा युवकको हत्या