८ दिनसम्म बाथटबमा नै फसिन् वृद्धा त्यसपछि...
ब्रिटेनमा एक वृद्ध महिला आठ दिनसम्म बाथटबमा फसेको घटना सार्वजनिक भएको छ । पुलिसका अनुसार उनको घरमा खाना पुर्याइदिने युवक (डेलिभरी ब्वई) को आधारमा घरको खोजी गर्दा ती वृद्धाको उद्दार गरिएको हो ।
ती वृद्धा घरमा एक्लै बस्ने गरेको बताइन्छ । पुलिसले उनको नाम सार्वजनिक गरेको छैन ।
विल्टशायर फर्म फूडका लागि काम गर्ने डेलिभरी ब्वइले भने, ‘वृद्ध महिला उनको नियमित ग्राहक हुन् तर उनले पछिल्ला केही दिनदेखि केही पनि अर्डर गरेकी थिइनन् । त्यसैले मलाई शंका लाग्यो । मलाई लाग्यो कि महिलामाथि केही गलत भएको छ ।’
1 of 2
— LeicsPolice 24/7 Response (@LeicsResponse) November 20, 2019
Busy day for us on PRT 1, cannabis factory cleared, arrests for breach of order, sexual offences, assault & assault police.
Really great work earlier following a concern for welfare. Officers forced entry & found elderly female who had been stuck in a bath for 8 days.
2 of 2
— LeicsPolice 24/7 Response (@LeicsResponse) November 20, 2019
Officers managed to get her out and @EMASNHSTrust were called to carry out medical assessment. Although hungry she is ok.
पुलिसले दिएको जानकारी अनुसार घटना गत हप्ताको हो ।
बाथटबबाट उठ्न असमर्थ थिइन्ः
पुलिसका अनुसार वृद्धा गहिरो बाथटबबाट बाहिर निस्कन सकिरहेकी थिइनन् । उनको स्थिती स्थिर थियो तर उनी अत्यधिक भोको थिइन् । आठ दिनसम्म उनले पानी मात्र पिएर आफूलाई बचाइन् । पुलिसले उनलाई तत्काल अस्पताल भर्ना गरे जहाँ उनको स्थिती स्थिर बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण