जेफ बेजोस् र बिल गेट्सलाई उछिन्दै बर्नार्ड संसारकै धनी व्यक्ति बन्ने लाइनमा
जेफ बेजोस र बिल गेट्सले लुइस भिटनका छालाका वालेट र टिफनीका साना निलो बक्स मज्जाले किन्न सक्लान् तर संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा बढेको छ । लुइस भिटनले टिफनीलाई किन्ने सहमती भएपछि यस्तो भएको हो ।
एलभीएमएचका संस्थापक अध्यक्ष एवं कार्यकारी बर्नार्ड अर्नल्टको सम्पत्ति अब १०६ बिलियन डलर (करिब १२१ खर्ब रुपैयाँ) माथि पुगेको फोर्ब्सले बताएको छ । द वर्ल्ड रियल टाइम बिलेयनियरमा उनलाई शीर्ष स्थानमा राखिएको छ । अर्नल्टको कम्पनी एलभीएमएचले टिफनीलाई १६ बिलियन डलरमा किन्ने सहमती भएपछि सोमबार उनको कूल सम्पत्तिमा १ प्रतिशतको वृद्धि भएको छ ।
एलभीएमएचको सेयरमा वृद्धि भएपछि १०७ बिलियन डलर सम्पत्ति भएका माइक्रोसफ्टका सह–संस्थापक गेट्स र ११० बिलियन डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी बन्न सफल बेफ बेजोसलाई टक्कर दिने स्थितीमा पुगेका छन् ।
अर्नल्ट, बेजोस् र गेट्स अन्य मेगा बिलेयनेर्सभन्दा निकै माथि छन् ।
फोर्ब्सका अनुसार बर्कसायर ह्याथावेका वारेन बफेको कूल सम्पत्ति ८६ बिलियन डलर छ भने फेसबुकका सिइओ मार्क जुकरबर्गको ७५ बिलियन डलर सम्पत्ति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण