साढे तीन दिनका मुख्यमन्त्री !
एजेन्सी । पाँच वर्ष महाराष्ट्रका मुख्यमन्त्री रहेका देवेन्द्र फडणवीसको दोस्रो कार्यकाल चार दिन पनि चल्न सकेन । फडणवीसले अजित पवारको भरोसामा हतार–हतारमा केन्द्रबाट राष्ट्रपति शासन हटाएर शनिबार बिहान मुख्यमन्त्रीको पदका लागि शपथ लिएका थिए । अजितलाई उप–मुख्यमन्त्री बनाइएको थियो ।
गुपचुप सरकार बनाएको मात्र तीन दिनपछि अजित पवारलाई सत्ताको चाबी अझै पनि काका शरद पवारसँग रहेको महसुस भएको थियो । मङ्गलबार बिहान सर्वोच्च अदालतले फ्लोर टेस्टको फैसला सुनाएपछि दिउँसो अजितले गुपचुप राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि नै फडणवीसले पनि राजीनामाको घोषणा गरे । यसरी लोकसभा चुनावमा जीत हासिल गरेपनि भारतीय जनता पार्टीको हातबाट पहिलो ठूलो राज्य फुस्केको देखियो ।
यस्तो थियो घटनाक्रम:
बिहान १०:४५ – सर्वोच्च अदालतको फैसला
फडणवीस र अजित पवारले गुपचुप रुपमा शपथ ग्रहण गरेको विरुद्ध शिवसेना, काँग्रेस र राकपाले शनिबार सर्वोच्च अदालतमा याचिका दायर गरेका थिए । त्यसमाथि सर्वोच्च अदालतले मङ्गलबार फैसाला गर्दै बुधबार फ्लोर टेस्ट गर्नुपर्ने आदेश दियो । फ्लोर टेस्ट ओपन ब्यालेटको माध्यमबाट गर्न भनिएको थियो । शिवसेना, काँग्रेस र राकपा पनि यही चाहन्थे किनभने उनीहरुलाई क्रस भोटिङको डर थियो ।

बिहान ११:०० बजे – अजित पवारको गोप्य भेटघाट
भारतीय मिडियाका अनुसार सर्वोच्च अदालतको फैसला आएपछि मुम्बईमा अजित पवारले काका शरद पवार र उनको छोरी सुप्रिया सुलेसँग भेट गरेका थिए । यस भेटमा अजित पवारलाई भाजपाको साथ छोड्न मनाइएको थियो ।
दिउँसो १ बजे – नयाँ दिल्लीमा मोदी–शाह–नड्डाको बैठक
नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र जेपी नड्डाबीच बैठक भयो । यस बैठकको एजेन्डा बाहिर नआएपनि उक्त बैठकमा सर्वोच्च अदालतको फैसलाबारे छलफल भएको थियो ।
२:३० बजे – अजितको राजीनामा
अजित पवारले राजीनमाको घोषणा गरे । उनले आफ्नो राजीनामा राज्यपाल भगत सिंह कोश्यारीलाई नभएर मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई बुझाएका थिए ।
३:३० बजे – मुख्यमन्त्री देवेन्द्र फडणवीसद्वारा राजीनामाको घोषणा
फडणवीसले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको भोलि फ्लोर टेस्टको फैसलापछि अजित पवारले आफूसँग भेटेर केही कारणले गठबन्धनमा रहन नसक्ने बताउँदै आफूलाई राजीनामा बुझाएको जानकारी दिए । अजितको राजीनामा पछि आफूहरुसँग पनि बहुमत नरहेकाले राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।
‘उद्धव पाँच वर्ष मुख्यमन्त्री’
यता, शीव सेनाको नेता सञ्जय राउतले अजितले राजीनामा दिएर आफ्नो साथमा आएको जानकारी दिँदै भने, ‘उनी हाम्रो साथमा छन् । उद्धव ठाकरे पाँच वर्षका लागि महाराष्ट्रको मुख्यमन्त्री बन्नेछन् । यसअघि सोमबार राती विपक्षी दलका १६२ विधायकले मुम्बईस्थित ग्रान्ड ह्यातमा एक साथ पुगेर शक्ति प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण