स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारको नीति तथा कार्यक्रमा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले भने, “नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुप¥यो । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न सहयोग गछौँ । सबै जानकारी लिएपछि मेरो नीति सार्वजानिक गर्छु ।”
स्वास्थ्य सेवा विभाग मातहतका महाशाखा, शाखालगायत निकायका प्रमुखसित आज टेकुमा जानकारी लिने क्रममा मन्त्री ढकालले आफूले विधि र प्रक्रिया मिचेर केही काम नगर्ने तर विधि र प्रक्रियाबाहिर गएर कार्य सम्पादन भएमा कारवाही गर्ने बताए। गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच पु¥याउन, औषधि र उपकरणको अभाव हुन नदिन उनले स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै स्वास्थ्य सेवामा देखिएका समायोजनको समस्यालाई समाधान गर्न पहल गरिने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले हाल भइरहेको स्वास्थ्य सेवालाई छिटो र प्रभावकारी रुपमा दिन, अनुगमन र मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
मन्त्रालयका सचिव खगराज बरालले समायोजनका जटिलताले स्वास्थ्य सेवा प्रभावित भएको चर्चा गर्दै छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक खटाएको स्थानमा गई सेवा दिनुपर्ने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेलले प्रदेश र स्थानीय तहबीच समन्वय अभाव, समायोजनका समस्या, बजेट अभाव, स्वास्थ्य सेवा ऐन तथा नियमावली संशोधनको आवश्यकता रहेको बताउए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण