सुन तस्करीमा करोडौँ राजस्व छली
२५ किलो सुन तस्करीमा एक गिरोहले रु ३० करोड २६ लाख बिगो बराबरको राजश्व छली तथा विदेशी विनिमय अपचलन गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलोे सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख गरी रु ३० करोड २६ लाख बिगोबराबरको राजश्व छलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको टोलीले असोजको तेस्रो साता तोप्के भोटेको शरीर तथा झोला जाँच गर्दा बिना बिल बीजक लुकाइछिपाइ ल्याउँदै गरेको पाँच किलो सुन बरामद गरी अनुसन्धानका लागि विभागमा पठाएको थियो ।
अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा तोप्के भोटे, रिञ्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेको संलग्नता रहेको पाइएको विभागले जनाएको छ । तोप्चे, ग्यात्सो र रिञ्जिन भोटे पक्राउ परेका छन् भने अरू फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले एक अर्काको बैंक खाता प्रयोग गरी पहिले पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी–पैठारी गरेको देखिएकाले उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम कसुर गरेको विभागले जनाएको छ ।
उक्त घटनामा पुष्टि हुन आएको २५ किलो सुन जफत गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित आज सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण