अल्वानिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो (अपडेट)
मङ्गलबार, १० मङ्सिर २०७६, २२ : ४२
तिराना । अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ ।
रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ ।’ तर विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन । बाल्कन राज्यमा विगत केही दशकयता गएको ६.४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ । पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन् ।
भूकम्पका कारण सयौँ करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन । -एएफपी/Photo:CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण