लागु औषधसहित युवक पक्राउ
बुधबार, ११ मङ्सिर २०७६, ०७ : २९
निकेश खनाल
बर्दिवास । बर्दिवास प्रहरीले महोत्तरीको बर्दिवासबाट मंगलबार साँझ लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सखुवानकार कटी गाउँ पालिका ५ घर भएका मोहम्मद सजिम अन्सारी रहेका छन् ।
अन्सारी मंगलबार बेलुका बर्दिवास सिन्धुली सडक खण्डको बिपी राजमार्गको बर्दिवास चोकमा कालो रंगको झोला बोकी हिँड्दै गरेको अवस्थामा शंका लागेर खान तलासी गर्दा पक्राउ परेको बर्दिवास प्रहरीले जनाएको छ ।
अन्सारीको झोलाबाट प्रहरीले नाईट्रोभेट १० लेखिएको २ सय ४० पिस, फेनेरगन ईन्जेक्सन ३ सय एम्पुल, नोफेने ईनजेक्सन २ सय ८८ एम्पुल, डाईजेपम २ सय ९६ एम्पुल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण