वर्षौंपछि यस्तो अवस्थामा देखिए नायक इमरान खानः मानिसहरुले भने, ‘प्लिज, फिर्ता आउ’
आमिर खानका भाञ्जा इमरान खानले जब फिल्ममा डेब्यू गरेका थिए तब उनको अत्यधिक चर्चा भएको थियो । इमरान लामो रेसको घोडा प्रमाणित हुने धेरैले अड्कलबाजी पनि गरेका थिए । उनको डेब्यू फिल्म ‘जाने तू या जाने ना’ अत्यधिक हिट भएको थियो । तर उनका अन्य फिल्मले दर्शकलाई खासै आकर्षित गर्न सकेनन् । त्यसकारण इमरान खान फिल्मबाट मात्रै नभई मिडियाबाट पनि टाढा रहे ।
उनलाई फाट्टफुट्ट सोसल मिडिया प्लेटफर्ममा देखिन्छ । हालै नायिका दिया मिर्जाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो सेयर गरिन् जसमा उनीबाहेक डायना पेन्टी, अदिती राव हैदरी, निमरत कौर, निखिल आडवाणी र नायक इमरान खान देखिएका छन् । यो फोटो उनको सन्डे ब्रन्चको हो । फोटोमा सबैभन्दा धेरै इमरान खानको चर्चा भएको छ ।
दियाको यो फोटोमा जतिले कमेन्ट गरेका छन् उनीहरु सबैजना इमरानको अवस्था देखेर अचम्मित थिए । फोटोमा अन्य सेलिब्रिटीको उपस्थिती हुँदा पनि धेरैको ध्यान इमरानमाथि नै केन्द्रित रह्यो ।
स्मरण रहोस्, इमरान खानले बेस्ट मेल डेब्यू अवार्ड पनि पाएका थिए । ‘डेल्ली बेली’ र ‘मेरी ब्रदरकी दुलहन’ मा पनि उनको अभिनयलाई निकै रुचाइयो र अवार्ड पनि पाए । पछिल्लो पटक उनी सन् २०१५ मा रिलिज भएको फिल्म ‘कट्टी बट्टी’ मा देखिएका थिए जुन फ्लप रह्यो । उक्त फिल्ममा उनको अपोजिटमा कंगना रनौत थिइन् । यो फिल्म अघि पनि इमरानका थुप्रै फिल्म लगातार फ्लप रह्यो जसका कारण उनी बिग स्क्रिनमा मात्रै नभई सार्वजनिक कार्यक्रमबाट पनि टाढा भए । केही समय अघि उनी श्रीमतीसँगको सम्बन्धविच्छेदको खबरसहित चर्चामा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

