प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार, आजबाट कुराकानी गर्न थाले
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीले बुधबार बिहानबाट सामान्य कुराकानी गर्न थालेको जानकारी दिए । ‘शल्यक्रियापश्चात हाल सघन उपाचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’, अस्पतालले बुधबार बिहान १०ः३० बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अस्पतालमा भिआईपीको लर्को
यसैवीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बुधबार बिहान नेकपाका महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सांसद महेश बस्नेत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल लगायत अस्पताल पुगेका थिए ।
त्यस्तै पार्टीका अन्य नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु पनि अस्पतालमा आएको नेकपाका नेता तथा सांसद महेश बस्नेतले जानकारी दिए । स्वास्थ्य लाभका लागि अस्पताल पुग्नेहरुले प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा चिकित्सकहरुलाई भेटेर जानकारी लिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण